दफा
योगदानमूलक निवृत्तभरण प्रणालीमा समावेश गरिने
यो ऐन प्रारम्भ भएपछि देहायका सरकारी सेवामा स्थायी रुपमा नियुक्त हुने कर्मचारीलाई दफा १० बमोजिम कोषमा योगदान गर्ने गरी योगदानमूलक निवृत्तभरण प्रणालीमा समावेश गरिनेछः-
(क) निजामती सेवा,
स्पष्टीकरणः यस खण्ड तथा दफा १६ को उपदफा (१) को खण्ड (क) को प्रयोजनका लागि “निजामती सेवा” भन्नाले नेपाल स्वास्थ्य सेवा तथा व्यवस्थापिका-संसद सेवा समेत सम्झनु पर्छ।
(क१) शिक्षक सेवा, स्पष्टीकरण: यस खण्ड बमोजिमको व्यवस्था संवत्‌ २०८२ साल बैशाख १ गतेदेखि प्रारम्भ हुनेछ।
(ख) नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी बल, नेपालको सेवा र नेपाल विशेष सेवा।